• २१ असोज २०८३, बुधबार
  • ९ः४० बिहान

प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै, को कोसँग भेट्दैछन् ?

प्रकाशित मिति

२०८० आश्विन ४ गते, बिहीबार १२:४४

असोज ४, २०८० काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर २३ मा चीन प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि मण्डलको टोलीसहित चीन जाने भएका हुन् । परराष्ट्रमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सो कुुरा जानकारी गराएको हो ।

National Life

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेको मन्त्रालयले जानकारी गराएको हो । सेप्टेम्बर २३ देखि ३० सम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र अन्य अधिकारीहरु रहने जनाइएको छ ।


चीन भ्रमणका क्रममा समकक्षी छ्याङसहित राष्ट्रपति सी जिङपीङ सँग समेत भेटघाट हुनेछ । त्यसको साथै २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा समेत प्रधानमन्त्री सहभागि हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया