• २१ असोज २०८३, बुधबार
  • ९ः०२ बिहान

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०२:५०

असोज ३, २०८० काठमाडौँ: अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ ।

National Life

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ । नियोगका अनुसार मंगलबार साँझ (स्थानीय समय) भेट भएको हो ।


मंगलबार नै न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता भएको छ । “भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ । यसका साथै हामी संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा पनि मिलेर काम गर्न सहमत भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया