• २१ असोज २०८३, बुधबार
  • ९ः०४ बिहान

द्रुत बस सेवाको उद्घाटन,अन्य क्षेत्रमा पनि विस्तार गरिने

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०१:२१

असोज ३, २०८० काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्।

National Life

द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ। द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ।


उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क-सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताए।


उनले द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुंगा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धतासमेत जनाए।

प्रतिकृया