• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

शिक्षकहरुलाई विद्यालय बन्द गरेर आन्दोलनमा आउन आह्वान

प्रकाशित मिति

२०८० आश्विन २ गते, मंगलवार ११:०६

असोज २, २०८० काठमाडौँ: विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलन घोषणा गरेको शिक्षक महासंघले विद्यालयहरु बन्द गरेर आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेको छ। शिक्षक महासंघले बागमती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक तथा प्रधानाध्यापकहरुलाई विद्यालय बन्द गरेरै आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।

National Life

विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षालाई थप धरासयी बनाउने, आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत हकहित विपरीत रहेको भन्दै संघले आन्दोनलमा सहभागी हुन भनेको छ।


महासंघले असोज ३ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ। जसअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिने जनाइएको छ। माग पूरा नभएमा असोज ४ गतेदेखि विद्यालय बन्द गरेरै आन्दोलनमा होमिने महासंघका पदाधिकारीहरुले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया