• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

मंगलम इण्डष्ट्रिज र लायन्स भैरहवा लिगेसीद्वारा विद्यालयमा वृक्षारोपण

प्रकाशित मिति

२०८० आश्विन १ गते, सोमबार ०३:३८

असोज १, २०८० भैरहवा: मंगलम इण्डष्ट्रिज लि. (मंगलम पाइप) र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा भैरहवामा वृक्षारोपण र टंकी वितरण कार्यक्रम सम्पन्न भएको छ । इण्डष्ट्रिज र क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा वृक्षारोपण गरेका हुन् ।

National Life

मंगलम इण्डष्ट्रिज लि.का निर्देशक सुर्दशन चुडीवालको (प्रमुख आतिथ्यता), कार्यकारी निर्देशक अभिनव चुडीवाल, महाप्रबन्धक प्रदिप शुक्ला र लायन्स भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपाध्यायको अध्यक्षताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स अगुवाहरु धिरज मल्लिक, गोविन्द प्रसाद गिरी, अरुण कुमार मिश्रा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवलगायतले विद्यालयलाई हराभरा बनाउन वृक्षारोपण कार्यक्रमले सहयोग पुर्याउने बताए । कार्यक्रममा विद्यालयलाई पानी टंकी पनि हस्तान्तरण गरिएको थियो ।


कार्यक्रम संयोजक तथा लायन्स भैरहवा लिगेसीका प्रथम उपाध्यक्ष राजन शुक्लाको स्वागत, मंगलम इण्डष्ट्रिज प्रा.लि.का महाप्रबन्धक प्रदिप शुक्लाको धन्यवाद ज्ञापन तथा लायन्स भैरहवा लिगेसीका सह–सचिव गोविन्द उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया