• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम

प्रकाशित मिति

२०८० आश्विन १ गते, सोमबार ०२:०७

असोज १, २०८० काठमाडौँ: बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । सो दिनको कार्यक्रममा तपसीलका विषयमा विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन् ।

National Life

१. बिपीको समाजवादी परिकल्पनामा शिक्षा (Keynote speech)
२. समावेशिता, सामाजिक रुपान्तरण र बिपी
३. समय र सबाल्र्टन
४. बिपीका आख्यानमा नारी
५. परिवारले बुझेका बिपी
६. बिपीको विचार, आजको संविधान र अबको बाटो


भाद्र २४ र २५ को कार्यक्रममा झै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी भई दिनुहुन राजनीतिक दलका साथीहरु, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् राजनीतिका अतिरिक्त सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसले हार्दिक अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया