• २४ भदौ २०८३, बुधबार
  • २ः५४ दिउँसो

यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ

प्रकाशित मिति

२०८० भाद्र ३१ गते, आईतवार ०१:३१

भदौ ३१, २०८० काठमाडौँ: चाडपर्व नजिकिँदै गर्दा, नेपालको यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले “यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ” योजना प्रस्तुत गर्दै यो दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने तयारी गरिरहेको छ।

National Life

यो चाडपर्वको सिजनमा, हामी तपाईको माझ Yamaha मोटरसाइकल र स्कुटर मार्फत Sportiness, Style र Excitement ल्याई रहेका छौं । यामाहाको उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु होइन् तर दिर्घकाल सम्म राइडिङको आनन्दलाई पुन:परिभाषित गर्नु पनि हो । यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा रु ६००० देखि १ लाख सम्मको र बाइक खरिद गर्दा रु ८००० देखि १ लाख सम्मको स्युर–सट क्यासब्याक, Lucky Draw द्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, iPhone 14 को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्नुहुनेछ ।


“हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,” MAW टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने। “यस चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं। यामाहा सधैं स्पोर्तिनेस्स्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो।”

Classic Tech Mobile
Classic Tech Desktop

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध छ। यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ । Sure Shot क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, iPhone 14 को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू Easy Finance मा पनि लिन सक्नुहुनेछ ।

प्रतिकृया