• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

राष्ट्रपति पौडेलले दिए बाल दिवसको शुभकामना

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ११:१२

भदौ २९, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आएको बताएका छन् ।

National Life

सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छ।’


बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको उनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उनले बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य रहेको बताएका छन् ।

प्रतिकृया