• २१ असोज २०८३, बुधबार
  • ९ः१३ बिहान

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०९:३४

भदौ २९ , २०८० काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची रहेको छ ।

National Life

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया