• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

आइसर ट्रक र बसद्वारा स्कूल बस र सडक सुरक्षा अभियान सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र २७ गते, बुधबार ११:५१

भदौ २७, २०८० काठमाडौँ: आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्र्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित “स्कूल बस र सडक सुरक्षा” सचेतना अभियान सफलतापुर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको थियो ।

National Life

आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणाली (ABS) लगायत समावेश छन् । सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूल बसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।


“मानिसको जीवनमा सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । झन् स्कूल बसमा त सडक सुरक्षालाई नकार्नै सकिँदैन । बालबालिकाको सुरक्षा आमाबाबूका लागि सदैव महत्वपूर्ण विषय हो । आफ्ना बच्चा स्कूलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् । सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उतिकै आवश्यक छ । सन् १९९६ देखि स्कूल बसको सुरुवात गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा (अन्तराष्ट्रिय सुरक्षा मानक बराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ । ४० सुरक्षा विशेषताहरू सहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङ्गको सुनिश्चित गर्दछ । त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टीकोणले अग्रस्थानमा छ ।” बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भन्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसर ले जनचेतनामुलक कार्यक्रम मार्पmत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको छ ।

प्रतिकृया