• २१ असोज २०८३, बुधबार
  • ९ः३९ बिहान

नइका पाँच कृति लोकार्पण

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०५:०४

भदौ २४, २०८० काठमाडौँ: वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो । इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहरु आज लोकार्पण भएका कृतिहरू हुन् ।

National Life

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा. केशव सुवेदीबाट लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो । समारोहमा कविताकृतिका नारीस्रष्टाहरुबाट कविता वाचन भएको थियो ।


वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

प्रतिकृया