• २० भदौ २०८३, शनिबार
  • ५ः०३ बिहान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा साङ्घातिक आक्रमणको छानविन गर्न माग

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार ०२:३२

भदौ २१, २०८० काठमाडौँ: प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गर्नुभएको छ । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उहाँ घाइते हुनुभएको छ ।

National Life

“मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ”, उहाँले भन्नुभयो ।


सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुन्धान हुनुपर्ने माग गर्नुभयो । घटनासँग जोडिएका सबैपक्ष उजागर हुनुपर्ने उहाँको माग छ ।

Classic Tech Desktop

“म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौँमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।


महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताउनुभयो ।


थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद धवल शम्शेर जमराले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाहीका लागि सरकारसँग माग गर्नुभयो ।

प्रतिकृया