चीनबाट रेल र तेल ल्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छः रघुजी पन्त
प्रकाशित मिति
२०८० भाद्र २१ गते, बिहीबार ०३:४५
भदौ २१, २०८० काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
सांसद पन्तले जलाशययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए। उनले ट्रान्समिसन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए ।

उनले भने, ‘भारतबाट हामीले तेल ल्याउने पाइप लाइनहरु विस्तार गरिरहेका छौँ। यो ठीक छ तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ। हिजो जसरी नाकाबन्दीताका हामीलाई तेल रोकियो। त्यस्तो स्थिति भोलि नआओस् भन्नका लागि चीनतिरबाट रेल र तेल ल्याउने कुरा नेपालको प्राथमिकतामा पर्नुपर्छ ।’



प्रतिकृया