• २२ भदौ २०८३, सोमबार
  • ९ः१० राती

हाथवे इन्भेष्टमेन्टले ल्यायो आइपीओ, प्रति कित्ता ५० रुपैयाँका दरले खरिद आवेदन खुला

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार १२:४४

भदौ २१, २०८० काठमाडौँ: हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधरणमा साधारण सेयर जारी गरेको छ। कम्पनीको आइपीओमा बिहीबारदेखि आवेदन खुला भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोडको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयरका लागि छुट्याएको छ।

National Life

छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक राेजगारीमा गएका नेपालीलाई बिक्री गरिसकेको छ। २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता सेयर कम्पनीले आफ्ना कर्मचारीका लागि छुट्याएको छ। यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता साधारण सेयर कम्पनीले सामूहिक लगानी कोष योजनाका लागि बिक्री गर्ने छ ।


बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको सेयरमा लगानीकर्ताले प्रतिकित्ता ५० रुपैयाँका दरले आवेदन दिनु पर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दरखास्त न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताका लागि दिन पाइन्छ। कुनै लगानीकर्ताले २० कित्ताभन्दा बढीका लागि सेयर खरिद आवेदन दिनुपरे २० अंकको गुणांकमा आवेदन दिनुपर्ने छ ।


आवेदन छिटोमा बिहीबारदेखि आगामी सोमबारसम्म (भदौ २१-२५) आवेदन दिन सकिन्छ। यो अवधिमा लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले सेयर निष्कासनको समय असोज ४ गतेसम्म थप गर्ने योजना छ ।

प्रतिकृया