सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार १२:३६

gold

भदौ २१, २०८० काठमाडौँ: सुनको मूल्य प्रतितोला ४ रुपैयाँले घटेको छ। सुनको मूल्य बिहीबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुन प्रतितोला १ लाख १२ हजार ४०० मा कारोबार भएको थियो।


गत सोमबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार पुगेको थियो। जुन चालु महिनाकै उच्च हो। तर, मंगलबारदेखि सुनको मूल्य विस्तारै ओरालो लाग्दै छ। सोमबारको तुलनामा मंगलबार ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ७०० कायम भएको थियो। त्यसपछि बुधबार पनि सुन प्रतितोलामा ३ रुपैयाँ घटेको थियो ।


त्यसैगरि, चाँदीको मूल्य पनि २० रुपैयाँले सस्तिएको छ। बुधबार कारोबार मूल्य प्रतितोला १४ सय १० रुपैयाँ भएको छ ।


सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १९१८.७ डलर पुगेको छ। त्यस्तै, चाँदी भने प्रतिऔंस २३.१ डलरमा कारोबार भइरहेको छ ।

प्रतिकृया