• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

सहीदपार्कमा अक्षरयात्राको २०२ औँ शृङ्खला

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०१:५३

भदौ १७, २०८० गण्डकी : गजल सन्ध्या, पोखरा नेपाल र नवनित साहित्य सागरको संयुक्त आयोजनामा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुने ‘अक्षरयात्रा’ को २०२औँ शृङ्खला पोखराको सहिदचोकस्थित पार्कमा आज सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूलनाराका साथ विभिन्न स्थानमा पुुगेर सो स्थान एवम् परिवेशलाई साहित्यकारहरू आ–आफ्ना रचनामा अधिकांश विषय सहीदको सम्झना, उनीहरूको बलिदानी एवम् समसामयिक विषयलाई उतार्न केन्द्रित थिए ।

National Life

कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा, विष्णु सुवेदी, लक्ष्मी देवकोटा, ढाकामोहन बराल, भावना रानाभाट, सङ्केत आचार्यलगायत कवि तथा कवियत्रीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।


साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको अक्षरयात्रा विसं २०६२ देखि निरन्तर सञ्चालित छ । गजल सन्ध्या पोखरा, नेपालका उपाध्यक्ष सुरज उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रम सोही संस्थाका संस्थाका सदस्य माधव खतिवडाले सञ्चालन गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया