• १८:०९ २०८१ बैशाख १ गते
  • 6:09 pm

बर्दिया कारागारबाट कैदी फरार

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०१:४३

jail e1693727882316

भदौ १७, २०८० काठमाडौँ: बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।


आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।


विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए ।

प्रतिकृया