• २१ असोज २०८३, बुधबार
  • ९ः३७ बिहान

कोन्ज्योसोम सहित ७१ गाउँपालिकामा सहजकता करारमा लिने

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ११:३६

भदौ १७, २०८० काठमाडौँ : ललितपुरको कोन्ज्योसोम गाउँपालिका सहित बागमती प्रदेशका ७१ वटा गाउँपालिकाले स्थानीय तहमा न्यायिक समिति सहजकर्ता करारमा लिने भएको छ । बागती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको इमेलमार्फत आवेदन दिन मन्त्रालयले सूचना प्रकाशन गरेको हो ।

National Life

स्थानीय न्यायिक सहज कर्ता (नियुक्ती तथा परिपालन ) कार्यविधि २०८० अनुसार बागमती प्रदेश भित्र विभिन्न गाउँपालिकामा न्यायकि सहजक कर्ता पद रिक्त रही चालु आर्थिक वर्षसम्मका लागि करार गरी पदपूर्ति गरिने भएको हो ।


योग्यता पुगेको इन्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिने दिन भित्र तोकिएको दस्तुत तिरेको भौचर संलग्न गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको इमेलमार्फत आवेदन दिन सूचना प्रकाशन गरिएको मन्त्रालयले जनाएको हो । कार्यविधि र आवेदनको फारम मन्त्रालयको वेबसाइडमा हेर्न सकिने मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया