जुम्लामा जिप दुर्घटना, चालक र सहचालककाे मृत्यु

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ११:३८

jumla

भदौ १७, २०८० काठमाडौँ: जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरामा दुर्घटनामा परेको हो ।


दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिए । चालक र सहचालकको सनाखत हुन सकेको छैन । जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक र सहचालक मात्रै सवार रहेको खुलेको डीएसपी कार्कीले बताए ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया