• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

संघीय शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भएकाले सदनमा पेश ​गर्न ढिला भयाे : प्रधानमन्त्री

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०१:२२

भदौ १२, २०८० काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भएकाले सदनमा पेश ​गर्न ढिला भएको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगकाे प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले केही ढिला भए पनि अब ​ छिट्टै सदनमा ऐन पेश गर्ने बताए। सांसद उर्मिला थेबेले संघीय शिक्षा विधेयक संसदमा कहिले दर्ता गर्नुहुन्छ? भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेकी थिइन्।

National Life

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिट्टै संसदमा पेश गरिने छ, परिमार्जन गर्नुपर्ने भएकाले केही ढिला भयो,अब छिटै पेश हुन्छ,’ उनले भने।


प्रधानमन्त्री प्रचण्डले आम नागरिकहरूलाई गुणस्तरीय,सर्व सुलभ शिक्षा उपलब्ध गर्ने सरकारको नीति रहेको र उक्त अनुसार व्यवस्था गर्ने पनि प्रतिवद्धता जनाए। त्रिविमा भएको विद्युतीय हाजिरी मेसिन तोडफोड विषयमा त्यसमा संलग्नहरुलाई कारबाही गरिने उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सरकारले माध्यमिक तहसम्मको शिक्षालाई नि:शुल्क बनाएको छ,सार्वजनिक विद्यालयमा कुनै शुल्क नलिने व्यवस्था छ,सार्वजनिक नि:शुल्क शिक्षा सबैको पहुँचमा पुग्ने छ,’ उनले भने।

प्रतिकृया