• २१ असोज २०८३, बुधबार
  • ९ः४४ बिहान

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०२:२८

भदौ ११ २०८०, काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई कठमाडौं टोखा
नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेका छन्। 

National Life

उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।


साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाडौं सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया