निगमका कार्यकारी अध्यक्षले निगमकाे इन्जिन भाडामा लिनेदेखि मर्मतमा करोडौँ अपचलन गरेकाे आरोप

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०१:५८

NEPAL AIR e1693210397389

भदौ ११ २०८०,  काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि आर्थिक अपचलनको आरोप लागेको छ। नेपाल वायुसेवा निगम कर्मचारी संघले निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि व्यवस्थापन निगम तथा कर्मचमरीहरूकाे हकहितका संर्दभमा निगमकाे गम्भीर ध्यानाकर्षण गराएको हाे।


जुन १७ देखि निगमको (9N-AKX) नाइन एन एकेएक्स (लुम्बिनी) न्यरोबडो जहाज ग्राउन्डेड भएको र त्यसको मर्मतमा कुनै चासो नदेखाएको कर्मचारी संघले आरोप लगाएको छ। यो जहजा ग्राउन्डेड भएको ७२ दिन भइसकेको छ। जहाज ग्राउन्डेड हुँदा १ अर्ब आम्दानसमेत गुमाइसकेको छ।


जहाजको पार्टपुर्जा खरिद तथा मर्मत Maintenance Repair Organization(एमआरओ) छनोट गर्न पटक-पटक मौखिक तथा लखित रुपमा ध्यानकर्षण गराउँदा पनि वेवास्ता गरी एओजीमार्फत आर्थिक प्रलोभनमा परी निगमलाई ठूलो आर्थिक नोक्सानी गराइरहेको कर्मचारी संघले बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख छ।


लामो समयदेखि सञ्चालनमा रहरेको र व्यवस्थित नगरिएको नाइन एन एबीएक्स (9N-ABX) कलसाइनको (Twinotter) टिवनअटर जहाज तथा ५ वटा चिनियाँ जहाज र त्यसमा रहेको करोडौं मूल्यका पार्टपुर्जाहरू आर्थिक व्ययभार पर्ने गरी अलपत्र छोडिएको कर्मचारी संघले जनाएको छ।


बोइङ उडान नगर्ने उद्घोष भइसकेको र फेजआउट भइसकेको बोइङ नाइन एन एसीबी कलासनइन भएको जहाजलाई पार्किङ तथा बीमा वापतको रकमबाट निमगलाई आर्थिक भार थप्ने गरी राखिएको छ। यसको व्यवस्थापनमा लापरबाही गरेको संघको आरोप छ।


२०२१ को डिसेम्बरमा कतारमा ग्राउन्डेड भएको नाइन एन एकेडब्ल जहाजको इन्जिज भाडामा लिने तथा इन्जिन मर्मतमा करोडौं घोटाला गरेको संघको दाबी छ। डिसेम्बर २७ मा जहाजको इन्जिनमा समस्या देखिएको थियो। जहाज कतारमा २०२३ को मार्च ३ सम्म रोकिएको थियो। दोहामा जहाज अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा जहाजको बायाँ इन्जिन बिग्रिएपछि जहाज ७० दिन ग्राउन्डेड भएको थियो। उक्त जहाजमा भाडाको इन्जिन प्रयोग गरिएको थियो।


मार्च ३ बाट उडान भएको जहाज पुन:साउन १४ गते दायाँ इन्जिनमा समस्या आएपछि थप २ महिना ग्राउन्डेड भएको थियो। जुलाई ३० देखि ग्राउन्डेड भएको जहाज डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत भएपछि सेप्टम्बर ३० मा इजरायल गएर जहाजको इन्जिन राखिएको थियो। त्यसपछिमात्रै उडान भएको थियो। २०२२ को मार्चमा भाडामा लिइएको इन्जिन २०२३ को अगष्ट ८ गतेबाट फिर्ता गरिएको थियो। अधिकारीले सेटिङमा दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा एमटीयूसँग इन्जिन भाडामा लिएका थिए।


इन्जिन समयमा नै मर्मत नगर्न तथा भाडामा लिने गर्दा करोडौं रुपैयाँ आर्थिक विचलन भएको दाबी कर्मचारी संघले गरेको छ। संघले इन्जिन समयमा नै व्यवस्था नगरी ७६ करोड (flight revenue) आम्दानी गुमाएको तथा ६० करोड रुपैयाँमा नै खरिद गर्न सकिने इन्जिन खरिद नगरी ३५ करोड भाडामा वापत सेटिङको कमसनकै कारण इन्जिन इन्जिन मर्मत तथा भाडामा लिने काम भएको जनाएको छ।


यसैगरी कर्मचारी संघले चिनियाँ जहाजका लागि स्थायी नियुक्ति गरिएका अनुभवी र दक्ष पाइलट तथा इन्जिनियरहरूलाई निरुत्साहित हुन वाध्य तुल्याई निजहरूको उचित व्यावस्थापन नगरी वृति विकासमा समेत बेवास्ता गरिएको र औचित्य र आवश्यकताको मूल्याङकन नै नगरी निहित स्वार्थका लागि कुनै विशेषज्ञता तथा अनुभव नै नभएका कर्मचारीहरू प्रक्रिया नपुर्‍याइ अनावश्यक रुपमा भर्ती गरी निगमलाई भर्ती केन्द्र बनाई थप आर्थिक भार बढाएको जनाएको छ।


आम कर्मचारीहरू माझ वृहत छलफल गरी कर्मचारी विनियामावली संशोधन गर्न गठित समितिको सिफारिस अनुसार यथाशिघ्र विनियावली पास गर्न र साहित्य समाजको सम्मेलनका नाममा निगमलाई नोक्सानी हुने गरी अत्यन्तै कम मूल्य लिइ आफूनिकट व्यक्तिहरूलाई उडाएको विषयमा समेत संघले ध्यानकर्षण गराएको छ।


निगमलाई गतिशिल र चलायमान बनाउन राखिएको ध्यानाकर्षणको सम्बोधनका लागि संघले अधिकारीलाई १५ दिनको समय दिने र उक्तसमय सम्म पनि आनाकानी गरीएमा कर्मचारी संघ थप आन्दोलन तथा संघर्षका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुनेछ, साथै आन्दोलनबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिको जिम्मेवारी स्वयं सम्वन्धित निकायले नै लिनुपर्ने संघका अध्यक्ष मानबहादुर कुँवरले जारी गरेको ध्यानकर्षण पत्रमा उल्लेख छ।

प्रतिकृया