• २२ भदौ २०८३, सोमबार
  • ४ः३० बेलुका

एमालेले तीन वटा समितिको नेतृत्वका लागि सांसदको उम्मेदवारी टुंग्यायो 

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ११:५८

भदौ १०, २०८० काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने सांसदको टुंगो लगाएको छ। एमालेले प्रतिनिधिसभा समिति सभापति र प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति गरी एमालेले तीन वटा समितिको नेतृत्व गर्न पाउने भएको हो।

National Life

एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साहलाई बनाउने भएको छ।


यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Classic Tech Desktop

प्रतिकृया