ललिता निवासमा कीर्तेमा मात्रै मुद्दा चलाउने सरकारी वकिलको निर्णय
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार १२:०९

भदौ १०, २०८० काठमाडौँ: सरकारी वकिलले ललिता निवास जग्गा प्रकरणमा कीर्ते अभियोगमा मात्रै मुद्दा चलाउने भएको छ ।
सिआइवीले राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउँदा कीर्ते र संगठित अपराध दुवै अभियोगमा मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिलले कीर्तेमा मात्रै मुद्दा दायर गर्ने निर्ण भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार २८६ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्दैछ ।
प्रतिकृया