• २३ भदौ २०८३, मंगलबार
  • ८ः२९ राती

सरकारे एक महिनाभित्रै सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कामको कार्ययोजना ल्याउँछौं : उपप्रधानमन्त्री खड्का

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार ०३:३०

भदौ ९, २०८० काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारे एक महिनाभित्रै सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कामको कार्ययोजना ल्याउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भएका कमजोरीलाई सुधार्ने र सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए ।

National Life

उनले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रूपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ। सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हामीले पहल गरिरहेका छौं। हामीले कुनै पनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्छ।’


‘भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

यो महिनाभित्रै उक्त कार्ययोजना मन्त्रिपरिषद्ले पास गर्ने र सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको आभास गराउने खड्काले बताए ।

प्रतिकृया