• २३ भदौ २०८३, मंगलबार
  • १०ः२४ बिहान

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा मासिक छुट दिने

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार ०१:१२

भदौ ९, २०८० काठमाडौँ : सानिमा बैंकले दराजसँग मिलेर ‘दराज मन्थ्ली पेड’ अन्तर्गत विशेष छुट दिने भएको छ। बैंकका ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट पाउने बैंकले जनाएको छ।

National Life

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउने छन्। छुट पाउन ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ।


यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि लिन सक्छन्। उक्त छुट पाउन बैंकका ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्ने सर्त राखिएको छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रक्रियाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया