रसियामा पुटिनविरुद्ध असफल सैन्य विद्रोह गरेका वाग्नर प्रमुख प्रिगोजिन विमान दुर्घटनमा मारिए
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार १०:४०
भदौ ७, २०८० काठमाडौँ: रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेका यव्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । दुर्घटनाग्रस्त एक निजी विमानमा रहेका १० यात्रुमध्ये उनको नाम पनि समावेश छ । उनी सोही विमानमा भएको बताइएको छ । विमानमा रहेका तीन चालकसहित सबैको ज्यान गएको जनाइएको छ ।

मस्कोबाट उत्तरतर्फको त्वेर क्षेत्रमा सो विमान खसाइएको केही सञ्चारमाध्यमले दाबी गरेका छन् । यसबारे थप विवरण आउन बाँकी छ । प्रिगोजिन निजी सैन्य समूह वाग्नरका प्रमुख हुन् । युक्रेनमा युद्धरत वाग्नर समूहले गत जुन महिनामा सरकारी सेनाविरुद्ध विद्रोह गरेको थियो ।
सीमावर्ती क्षेत्रबाट मस्कोतर्फ बढेको सो फौज २४ घण्टापछि सम्झौता भएपछि रोकिएको थियो । त्यसपछि वाग्नरलाई युक्रेनबाट हटाएर बेलारुस पठाइएको थियो । एजेन्सी

Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया