राष्ट्रियसभा अध्यक्षले दिए गौरा पर्वको शुभकामना

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार १०:३५

rastriya2 1

भदौ ७, २०८० काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।


शुभकामना सन्देशमा लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहु जातीय, बहु धार्मिक, बहुभाषिक र बहु सांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उनले बताएका छन् ।


हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिकृया