• ११ असोज २०८३, आइतबार
  • ५ः२३ बेलुका

काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधी प्रयोग गर्ने

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०२:१६

भदौ ५, २०८० काठमाडौँ : काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेंगी रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधी प्रयोग गर्ने भएको छ।

National Life

महानगरपालिकाका प्रमुख बालेन शाहले यो औषधी जैविक भएको र औषधीले लामखुट्टे तथा त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने बताए। औषधीले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ।


सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘यो औषधी जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन। यो विषादी होइन। औषधीलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ। यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ। औषधीले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ।’

Classic Tech Mobile
Classic Tech Desktop

डेंगी रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधीको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराएका छन्।

प्रतिकृया