• १२ असोज २०८३, सोमबार
  • ३ः१९ राती

ललिता निवास प्रकरण: सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०१:०५

भदौ ५, २०८० काठमाडौँ: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

National Life

सीआईबीले मंगलबार बिहान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउन १ दिन अगाडिसम्म पनि सीआईबीले उक्त प्रकरणका आरोपीहरुसँग बयान लिएको थियो। सीआईबीले सोमबार मात्रै नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्व राज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।


सीआईबीले आइतबार राति पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा बाबुराम भट्टराईको पनि ‘बयान’ लिएको थियो । ललिता निवासको जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ । सीआईबीले भने सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी कागजात तथा दस्तखत किर्ने प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सीआईबीले सुरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिकृया