• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

आज नेप्से परिसूचक घट्याे

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०४:१७

भदौ ३, २०८० काठमाडौँ : आज आइतबार नेप्से परिसूचक घटेकाे छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा पुगेको हाे।

National Life

शुक्रबार १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँमा सीमित भएको छ। आज दिन २६९ वटा धितोपत्रको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।


आइतबार फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार २४६ रुपैयाँ ५० पैसा पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आरएसडिसी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५६७ रुपैयाँ १० पैसा कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा १०.३५% एग्रिकल्चर बैंक डिबेञ्चर २०८३ रहेको छ। उक्त डिबेञ्चरको मूल्य ९.०२ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार २९ रुपैयाँ ६० पैसामा सीमित भएको छ।


यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ९.०२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २९७ रुपैयाँ ५० पैसामा झरेको छ। आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।


उक्त कम्पनीको प्रतिकित्ता ५८० रुपैयाँमा ६ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९७० रुपैयाँमा ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ।


यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.८५ प्रतिशतले घटेको छ।

प्रतिकृया