• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०३:२८

भदौ ३, २०८० काठमाडौँ :  रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार यो यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दा दुर्घटना भएको हो। मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो।

National Life

तर अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो। रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना-२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ।


उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो। लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने भनिए पनि असफल भएको बिबिसीले जनाएको छ। एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया