• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

चन्द्रयान-३ : चन्द्रमाबाट २५ किलोमिटर मात्रै टाढा, बुधबार अवतरण गर्ने

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार १०:२५

भदौ ३, २०८० एजेन्सी : चन्द्रयान-३ को दोस्रो र अन्तिम डि-बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका छन् । ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको दूरी १३४ किलोमिटर छ ।

National Life

इसरोले यो कक्षाबाट बुधबार चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास गर्ने जनाएको छ । शुक्रबारको पहिलो डि-बूस्टिङ अपरेसनको क्रममा इसरोका पूर्व प्रमुख के सिवनले एनडीटीभीलाई भनेका छन्, ‘चन्द्रयान-३ ल्यान्डरको डिजाइन अघिल्लो चन्द्रयान-२ मिसनमा प्रयोग गरिएको जस्तै हो।


उनले भने, “डिजाईनमा कुनै परिवर्तन भएको छैन। चन्द्रयान–२ को अवलोकनका आधारमा मिसनमा भएका सबै त्रुटि सच्याइएको छ।’ चन्द्रमामा सफल अवतरणपछि भारत यो उपलब्धि हासिल गर्ने विश्वको चौथो देश बन्नेछ । चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि ५ अगस्टमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ल्यान्डरले खिचेको चन्द्रमाको तस्बिर शनिबार सार्वजनिक भएको छ । अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको बीबीसीले जनाएको छ । सार्वजनिक भएको तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन् । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन् ।


केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । वैज्ञानिकहरूले स्थायी रूपमै सूर्यको प्रकाश नपर्ने क्षेत्रमा पानी पाइनसक्ने सम्भावना रहेको बताएका छन् ।


चन्द्रयान–३ अभियानको प्रमुख उद्देश्य त्यहाँ पानी भएको बरफ खोज्नु हो । वैज्ञानिकहरूले पानी भेटिएको अवस्थामा भविष्यमा चन्द्रमामा मानव बस्ती बस्न सक्ने बताउँदै आएका छन् ।

प्रतिकृया