• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार १०:२३

भदौ ३, २०८० काठमाडौँ: प्रतिनिधिसभा संसद् बैठक आज बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका स्थगित भएको संसद् बैठक आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

National Life

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको छ ।


नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरी छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ। नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संसद् बैठकमा एमालेले गरेको अवरोधको चर्को आलोचना हुँदै आएको छ। सरकारले सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायलेहरू नै गर्ने बताउँदै आएको छ ।


गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुँदै गरेको सुन सरकारले राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियाे । सरकारले तस्करलाई जाेगाउन खाेजेकाे आशंका गर्दै नेकपा एमालेले त्यसको छानबिनका लागि उच्चस्तरी छानबिन समिति गठनको माग गर्दै आएको छ ।

प्रतिकृया