सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार १०:१७

भदौ ३, २०८० काठमाडौँ : सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । अहिले ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।
सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन ।
प्रतिकृया