• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध (सूचीसहित)

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ०१:५८

भदौ २, २०८० काठमाडौँ : काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

National Life

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।


प्राधिकरणले सीतापाइला, बाफल, बलम्बु, थानकोट सहितको खड्का गाउँ, हसनटार,कालीमाटी, कलंकी र रोपवे फिडर अन्तर्गत विद्युत आपूर्ति भइरहेका स्थानमा बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म विद्युत आपर्ति बन्द हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सीतापाइला अन्तर्गत बाफल, बुढाथोकी कोल्डस्टोर, सिविल होम्स,सरनपुर, थापाचोक, इचंगु लगायतका क्षेत्र.,बाफल र बलम्बु अन्तर्गत स्वयम्भू, सानो भर्‍याङ, पुरानो नैकाप,गर्जुधारा लगायतका क्षेत्र,कालीमाटी, कलंकी खसीबजार, सुनार गाउँ, कुलेश्वर, कीर्तिपुर बजार, ट्याङ्लाफाँट, पांगा लगायतमा पनि शनिबार विद्युत आपूर्ति अवरुद्ध हुनेछ।


प्राधिकरणले शनिवार १३२ केभी बसवार ‘सटडाउन’ हुने भएकाले टेकु, बालाजु, के२ र के३ सबस्टेसनबाट विद्युत आपूर्ति हुने कर्ही क्षेत्रहरुमासमेत विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।


निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने प्राधिकरणले जानकारी दिएको छ।

प्रतिकृया