• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

प्रधानमन्त्री दाहालले संसदको अवरोध अन्त्यका लागि छलफल गर्ने

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ०१:१८

भदौ २, २०८० काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने दावी गरेका छन्। शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

National Life

उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए। उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आईतवार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे।


उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरूलाई थाहा छँदैछ। हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं। आशा छ भोलि सदन खुल्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए।

प्रतिकृया