मुसिकोट नगरपालिका वडा १ का वडाध्यक्ष घिमिरे मृत भेटिए

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ११:५८

351147337 617166937020145 8084341212852897583 n e1692425601823

भदौ २, २०८० काठमाडौँ : गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्।शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन्।


मृत भेटिनुभन्दा केहीबेर अघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए।


‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकिन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभचिन्तक सबैसँग माफी चाहन्छु। अल बिदा,’ उनले फेसबुकमा लेखेका छन्।


शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको उनको पारिवारिक स्रोतले जनाएको छ। घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।

प्रतिकृया