• २१ असोज २०८३, बुधबार
  • १०ः०१ बिहान

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा

प्रकाशित मिति

२०८० भाद्र १ गते, शुक्रबार ०५:२९

भदौ १, २०८० काठमाडौँ: दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्। शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए। बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन्।

National Life

आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ । पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए। उनले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको पनि बताए ।


‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ। करिब ७ सय जति पर्यटकहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो। यसमा पर्यटन बोर्डले स्वागत गरेको हो। पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए । उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको पनि बताए । ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो। नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ। नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ,’ उनले भने ।


पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिकृया