एलन मस्कले अमेरिकाको भावि राष्ट्रपतिमा भारतीय मुलका रामास्वामीलाई गरे समर्थन

प्रकाशित मिति

२०८० भाद्र १ गते, शुक्रबार ०५:०३

rama

भदौ १, २०८० काठमाडौँ: विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिकाको आगामी राष्ट्रपतिय चुनावमा भारतीय मुलका विवेक रामास्वामीलाई समर्थन गरेका छन् । बीबीसीका अनुसार मस्कले रिपब्लिकन पार्टीका नेता रामास्वामीलाई चुनावमा सहयोग गर्ने घोषणा गरेका हुन् । रामास्वामीले अहिले पार्टीभित्रबाट उम्मेदवारी प्राप्त गर्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय मस्कले रामास्वामीको पक्षमा दुई पटक ट्वीट गरिसकेका छन् ।


पहिलो ट्वीटमा उनले लेखेका छन् कि रामास्वामी एकजना प्रवल दाबेदार हुन् । यस्तो दोस्रो ट्वीटमा उनले रामास्वामीले आफ्ना विचार खुलेर राख्ने गरेको उल्लेख गर्दै आयोवाको एक जनसभामा रामास्वामीले यस्तै विचार राखेको उनले उल्लेख गरेका छन् ।

को हुन् रामास्वामी ?

भारतको तमिल हिन्दु परिवारसँग सम्बन्ध राख्ने रामास्वामीको जन्म अमेरिकी शहर सिनसिनाटीमा भएको थियो । त्यसपछि उनले हार्वर्ड र येल ल स्कूलमा पढाई गरेका थिए । उनले रोइवेंट साइंसेज नामक कम्पनी स्थापना गरेका थिए । अहिले उनी यसै कम्पनीका अध्यक्ष हुन् ।


उनी अमेरिकी सपनाका लागि एक सांस्कृतिक आन्दोलन सुरू गर्न चाहन्छन् । उनका अनुसार यदि हामीसँग एक अर्कालाई बाँध्नका लागि केही ठूलो कुरा छैन भने विविधताको अर्थ हुँदैन ।


अमेरिकामा अर्को वर्ष राष्ट्रपतिय चुनाव हुँदैछ । मुख्यत रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुने चुनावमा उम्मेदवारी हत्याउने आकांक्षीहरुको दौडधुप तिव्र भएको छ ।

प्रतिकृया