• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार १०:१९

३२ श्रावण २०८०, काठमाडौँ: नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ बिहीबार हुँदैछ। विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ।

National Life

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला अन्योलता कायमै छ।


यद्यपि अदालतले सबै प्रक्रिया पूरा भएकाले अन्तिम सुनुवाइ हुनेमा सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे विश्वस्त छन् । उनी भन्छन्, ‘यसअघि क्षतिपूर्तिका विषयहरू उठाएर फाइनल बहस धकेलियो। क्षतिपूर्तिको विषय किनारा लागेपछि अब अन्तिम सुनुवाइ स्थगित गर्नुपर्ने कारण छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

घिमिरेले सन्दीप मानसिक रूपमा थकित भएको भन्दै कानुनरूपमा दोषी या निर्दोष जे भए पनि फैसला आउनु पर्ने बताए । ‘अहिले उसको करिअरको कुरा छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूको चासो छ। राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलहरू छन् । यस्तो माइन्डसेटमा उसले कसरी खेल्न सक्छ? त्यसैले चाँडो न्यायिक फैसला हुनु पर्छ’, उनले भने ।

प्रतिकृया