• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

एनसेलको ‘एनसेल ईपीएललिग’ प्रतियोगिता सुरु

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०१:३२

३१ श्रावण २०८०, काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा तीनजनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।

National Life

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरि एपको माथिल्लो दायाँकुनामा रहेको ह्याम बर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विन भित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्नपनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।


मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिना सम्म प्रत्येक महिना २५० जीबी डेटा सेवापाउनेछ । दोस्रो पुरस्कार विजयीग्राहकले ६ महिना सम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदालिन सक्नेछ । त्यसै गरि तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिना सम्म पाउनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यति मात्रन भई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएलसिजनको अन्त्यन भए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।


सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथप्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ ।


विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमा झजुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोलि मिलाउन सफल भएमा ३ अंक र सहीगोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् ।


यस पे्रडिक्ट एन्ड विनप्रतियोगितामा एनसेलका १८ वर्षभन्दामाथिकाग्राहकहरू मात्रभागलिन योग्य छन् । ईपीएल खेलहरुको पुर्वानुमाननिश्चित खेलको हप्ताको पहिलो खेलभन्दा३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

 

प्रतिकृया