• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

नेपाल टेलिकमको पूर्वाधारमा क्षति

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०४:५४

३० श्रावण २०८०, काठमाडौँ: नेपाल टेलिकमले विगत केही समय यता टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको जनाएको छ । रोल्पाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पु-याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षकाबीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ ।

National Life

नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पु¥याइएको थियो । सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो ।


परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा साउन २६ गते शुक्रबार भएको छलफल मार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहो-याउने सहमति भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने टेलिमकले जनाएको छ ।

प्रतिकृया