• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०३:१९

३० श्रावण २०८०, काठमाडौँ: नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो ।

National Life

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो ।

स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरु पनि वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म रत अमृतकालको रूपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताए ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिकृया