• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

आम्दानी बढे पनि सिटी होटेल घाटामा, ईपीएस पनि ऋणात्मक

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार १२:०२

३० श्रावण २०८०, काठमाडौँ:  सिटी होटेलले आर्थिक वर्ष २०७९–८०मा चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा होटेलले २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलले ४ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

National Life

होटेलले सेवा प्रवाहबाट ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५०.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा होटेलले १८ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्ष अन्य आम्दानी ५५ लाख ६६ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । होटेलको कुल खर्च पनि १२४ प्रतिशतले बढेर ३६ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च १६ करोड ३२ लाख रुपैयाँ भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

चुक्तापुँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको होटेलको अन्य इक्विटी घटेर ६ करोड ६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २८ करोड ४० लाख रुपैयाँ थियो ।

होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) १६.३५ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा होटेलको ईपीएस २.९७ रुपैयाँले ऋणात्मक थियो। होटेलको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ ।

प्रतिकृया