• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा पूर्वप्रधानमन्त्री माधव नेपाल

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०१:३४

३० श्रावण २०८०, काठमाडौँ:  ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन् । सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन् । स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित हुन सिआइवीले आग्रह गरेको छ । सोमबार पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सिआइवीले सोधपुछ गरेको थियो ।

National Life

नेपालको आग्रहमा सोमबार साँझ सत्ता गठबन्धनको बैठक बसेर यस विषयमा छलफल गरेको थियो । नेपालले मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक नेतृत्व र कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् ।

२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषदका निर्णयका कारण बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाउमा पुर्याउन सहयोग पुगेको भन्दै सर्वोच्चले साउन २१ गते उनीमाथि छानबिन गर्न आदेश दिएको थियो । अर्का प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि छानबिन गर्न सर्वोच्चले आदेश दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले २०७६ बालुवाटार प्रकरणमा १७५ जनालाई मुद्दा दायर गरे पनि नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको थियो । अहिले सिआइवीले अनुसन्धान अघि बढाएसँगै १८ जनालाई पक्राउ गरिसकेको छ भने नेपाल र भट्टराईमाथि पनि अनुसन्धान केन्द्रीत गरेको छ ।

दुवै पूर्वप्रधानमन्त्रीहरुले प्रकरणमा आफू दोषी नरहेको बताउँदै अनुसन्धानका लागि सहयोग गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया