• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

तस्करीको सुन आज गालिँदै

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार १०:४५

३० श्रावण २०८०, काठमाडौँ:  त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सो सुन गालिनेछ ।

National Life

बिहान साढे १० बजेदेखि गाल्ने कार्य हुने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए । यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार (हिजो) टक्सार महाशाखामा ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको निर्देशक आचार्यले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

“ब्रेक सुबाट निकालिएको सुनको तैल ६० केजी ७८९ ग्राम भएको छ । यो सुनमा केही कालो पदार्थ पनि छ । असली तौल अब गालेपछि आउँछ,” आचार्यले सोमबार भनेका थिए, “अब कति घट्छ भन्ने भोलि (आज) थाहा हुन्छ । भोलि (आज) १०ः३० बजे गाल्ने काम हुनेछ ।”

प्रतिकृया