• २१ असोज २०८३, बुधबार
  • १०ः०९ बिहान

सुनिल शर्माको स्पष्टीकरण : सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई नैतिक प्रश्न मात्र गरेको हुँ

प्रकाशित मिति

२०८० श्रावण २८ गते, आईतवार ०५:४७

२८ श्रावण २०८०, काठमाडौँ:  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताएका छन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा बोलेको विषयमा स्पष्टीकरण दिएका हुन् ।

National Life

संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए । शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको बताए । ‘भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त ?’ अर्थमन्त्री डा. महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको भन्दै सांसद शर्माले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ।’

उनले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको समेत बताए । उनले अघि भने, मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । मैले गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र ? मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो प्रश्नको उत्तर अर्थ र गृहमन्त्रीका साथै प्रधानमन्त्रीले पनि दिनुपर्ने उनले बताए । सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

प्रतिकृया