• 10:16 pm

मन्त्री फेर्नुअघि प्रधानमन्त्रीले गरे पार्टी नेताहरुसँग परामर्श

प्रकाशित मिति

२०८० श्रावण २८ गते, आईतवार ०५:२३

२८ श्रावण २०८०, काठमाडौँ:  मन्त्रिपरिषद् हेरफेर गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीका पदाधिकारीसँग मन्त्रिपरिषद् हेरफेरबारे दाहालले परामर्श गरिरहेका छन् ।

दाहालले आफ्नो पार्टीको भागमा परेको सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा ल्याउने भएका छन् । माओवादीका तर्फबाट पर्यटनमन्त्री भएका सुदिन किराँतीलाई पनि हटाएर पार्टीबाट अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज माओवादीमा उठेको छ ।

किराँती हटेमा माओवादी माधव सापकोटा, हितबहादुर तामाङ र महिन्द्रबहादुर शाहीमध्ये एक मन्त्री बन्नेछन् ।

प्रतिकृया