• २५ भदौ २०८३, बिहीबार
  • ९ः५३ राती

एमालेकाे विरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार ०३:२९

१८ श्रावण २०८०, काठमाडौँ: राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठक स्थगित भएको हाे।

National Life

राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ बस्ने गरि स्थगित भएको हाे ।


बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने जिकिर गरे । सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरू बाहिर आइरहेको श्रेष्ठले बताए ।


उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे । साउन २२ गते दिउँसो १ बजे बस्ने गरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रतिकृया